Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानले दियोे मृत्यु पछिको बिमा भुक्तानी

२०७५ माघ १६ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवितको धरान स्थीत पाचंकन्या शाखाले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ , ।

धरान ं १५  काठेपुलमा  गठन भएको काठेपुल महिला स्वावलम्बी समुहकी सदस्य तारा धमला  का श्रीमान बिकास धमलाको निधन भएपछि निज सदस्यलाई  क्षतिपूर्ति बापतको रकम १२ हजार ६ सय ५० प्रदान गरिएको छ ।

शाखा कार्यालय पाचकन्या धरान का लेखापाल बैजनाथ शर्माले मृतककी श्रीमती तारा धमला लाई उक्त रकम प्रदान गरेका हुन् ।  

लेखापाल शर्माका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३८ प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय ३८ प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था भएको बताएका छन् ।  यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा १२ हजार ६ सय ५० क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ । 

Ad