बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले क्षेत्रीय कार्यालय अत्तरीया अन्तर्गतका २० वटा शाखा कार्यालयहरुको चालु आ.व.को दोस्रो त्रैमास अवधिको कार्यप्रगती समिक्षा गोष्ठी बौनिया कैलालीमा सम्पन्न गरेको छ । गोष्ठीले त्रैमासिक समिक्षाका साथै संस्थागत र व्यवसायिक लक्षित उपलब्धि हासिल गर्ने सम्बन्धमा आगामी कार्य योजना निर्माण गर्दै शाखा प्रबन्धकहरुलाई प्रशिक्षण समेत प्रदान गरेको छ ।
गोष्ठीमा वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थागत र व्यवसायिक उद्देश्य हासिलका लागि संचालनगत प्रकृयालाई गतिशील, प्रभावकारी, लक्ष्यप्रधान र परिणाममुखी तवरले संचालन समेत गरी लक्षित उपलब्धि हासिल हुनेगरी शाखाहरुले कार्य सम्पादनको व्यवस्था गर्नुपर्ने बताए ।
कारोवारको गुणस्तर बृद्धि र जोखिम न्यूनीकरण गर्दै प्रभावकारी कार्यविस्तार गर्नुपर्ने बताउँदै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले लघुवित्त क्षेत्रका बर्तमान चुनौतीहरु र सोको समाधान लगायत शाखा व्यवस्थापन सम्बन्धमा शाखा प्रबन्धकहरुलाई प्रशिक्षण दिएका थिए ।
क्षेत्रीय व्यवस्थापक बेद प्रसाद आचार्यले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए भने प्रबन्धक लोमश भट्टराईले प्रभावकारी शाखा सञ्चालन विषयमा प्रशिक्षण दिएका थिए ।