बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले दुई नयाँ शाखा विस्तार गरेको छ । संस्थाले प्रदेश २ अन्तर्गत सप्तरी जिल्लाको महुलि र धनुषाको विरेन्द्रबजार मा शाखाहरु थपिएका हुन् । संस्थाले २ वटा शाखाहरु स्थापना गरेको अवसरमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु गरेको छ ।
साथै, संस्थाले माघ १५ गते देखि २० गतेसम्म सप्ताहव्यापी सामाजिक कार्यक्रमहरुको आयोजना गरेको छ । सस्थाले उक्त अवसरमा सरसफाई कार्यक्रम, बेटी बचाँउ, बेटी पढाउ, बित्तीय साक्षरता विद्यालय स्तरमा महिनावारी सरसफाई, बाल विवाह, लक्ष्य निर्धारण, वित्तिय साक्षरता र फोेहोर व्यवस्थापन लगायत विषयहरुमा चेतनामुलक कार्यक्रमहरु गर्ने भएको छ ।
संस्थाले माघ १५ गते माहुलिमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ससस्त्र प्रहरी तथा स्थानीय संघ संस्थाहरुसँगको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिमा अध्यक्ष, उपाध्यक्ष, शिक्षक, व्यपारी, नेपाल प्रहरीका प्रहरीहरु, बजार, वडा अध्यक्ष, इभरेस्ट इङ्गलिस स्कुल, श्री राष्ट्रिय माध्यमिक विद्यालय रतवाला, विद्यार्थि लगायतका उपस्थीत थिए ।
माहुलिमा सम्पन्न भएको सरफाई कार्यक्रममा बोल्दै अग्निसाइरन कृष्णसवरन गाँउपालिका प्रमुख, “स्वदेशी लघुवित्तले जस्तै हामी सबैले हाम्रो गाउँ आफैं बनाउन लाग्नुपर्दछ । हाम्रो स्थानीय ठाउँमा अन्य संघ संस्थाका प्रतिनीधि आएर गर्नु भनेको हामी माथिको नैतिक दबाब हो ।” त्यस्तै स्वदेशी लघुवित्तसँग अन्य संस्थासँग विभिन्न कार्यक्रम गर्न गाउँपालिका तयार रहेको बताए ।
त्यसै गरी कार्यक्रममा बोल्दै सरसफाई अभियनता धिरेन्द्र कुमार साहले यस्तो कार्यक्रम आयोजना भएकोमा खुशि ब्यक्त गदै माहुलि लाई सरसफाई गर्न आफु हरदम तयार रहने बताएका थिए ।
कार्यक्रममा करिब १०० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमहरुले स्थानीय क्षेत्रमा सरफाई र जनचेतनाको नयाँ ढोका खुलेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।