Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तको नाफा ६१ प्रतिशतले बृद्धि

२०७५ माघ १४ गते

बैंकिङ खबर । सिभिल लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख २६ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा ६१.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४६ लाख २ हजार खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १० करोड ९७ लाख रहेको लघुवित्तको जगेडा कोषमा एक करोड ७४ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले २० करोड ४२ लाख निक्षेप संकलन गरी ३७ करोड ६३ लाख सापटीबाट ७२ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

लघुवित्तले २ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १५ लाख रहेको थियो । लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८६ बाट १.३० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ५०.२४ गुणा बढी छ ।

Ad