Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तको गत वर्षको वित्तीय विवरण पारित 

२०७५ माघ १४ गते


बैंकिङ खबर। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७४÷७५ को आषाढ मसान्तसम्म १६ करोड ३ लाख १० हजार नाफा कमाएको थियो । यो वर्ष लघुवित्तको बचत परिचालन २ अर्ब ७४ करोड र कर्जा लगानी ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । 

नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ । ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी समेत गरेको छ । 

लघुवित्तले ५७ जिल्लामा १ सय ८८ वटा इलाका÷शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पु-याउदै आएको छ । 
 

Ad