Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको नाफा ६ करोडमाथि

२०७५ माघ १३ गते

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७९.०७ प्रतिशतले वृद्धि गरेको हो । संस्थाले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

 ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले जगेडाकोषमा १३ करोड ८६ लाख रुपैयाँ छुटाएको छ ।  निक्षेपमा ९६ करोड रुपैयाँ संकलन गरेको छ भने  ३ अर्ब ९९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ४७.०५ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ७९.६२ प्रतिशतले बढेर ९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा १.८७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६.६९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ३७.६२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २८. ४७ गुणा, प्रति शेयर नेटवर्थ १४२.१५ रुपैयाँ र तरलता अनुपात ३९.४६ प्रतिशत रहेको छ ।

Ad