बैंकिङ खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको १७औं बार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७४/ ७५को ३६ करोड १५ लाख ९ हजार संचालन मुनाफासहितबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष दिपक खनालले संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७४ /७५को बार्षिक प्रतिवेदन पेश गर्नुको साथै, उक्त प्रतिवेदन उपर सेयरधनीले राखेका जिज्ञासाको बारेमा प्रत्युत्तर दिएका थिए ।
बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४ सय ४१ रुपैयाँ ९३ पैसा पुग्ने छ ।
हाल संस्थाले ७० जिल्लामा १ सय १६ शाखा कार्यलय मार्फत १ लाख ७५ हजार विपन्न तथा कम आय भएका परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक बर्षको अन्त्यसम्मा लघुवित्तले ७२ जिल्लामा १ सय २० शाखा कार्यलय मार्फत २ लाख १२ हजार १ सय ५८ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ । संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ३७ करोड कर्जा लगानी गरी २ अर्ब ९६ करोड सदस्य बचत परिचालन गरेको छ ।