बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न गरेको छ । कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नवप्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
प्रशिक्षकहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख बिजय घिमिरे, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख काशीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी रेका थिए ।
अभिमुखिकरण कार्यक्रममा नवप्रवेशी कर्मचारीहरुले विभिन्न शिर्षकहरु संस्थाको नितीनियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरु लगायतका बिषयहरुमा जानकारी लिएका थिए ।
चालु आ.व. को २०७५ पौषमसान्तसम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ । हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।