Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माइक्रोफाइनान्सको नाफामा बृद्धि

२०७५ माघ ११ गते

बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा नाफा ६८ लाख रुपैयाँ कमाएको थियो ।

७ करोड रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा २० लाख रुपैयाँ रहेको छ । संस्थाले निक्षेपमा १७ करोड ३९ लाख रुपैयाँ संकलन गरी ६६ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको खुद व्याज आम्दानीमा २२५ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । निष्कृय कर्जा १.१० प्रतिशत र जोखिम युक्त सम्पत्ति ११.०८ प्रतिशत रहेको छ ।
 

Ad