Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनसेवी लघुवित्तको नाफा ४३९ प्रतिशतले बृद्धि

२०७५ माघ ११ गते

बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा  १८ लाख १ हजार,७ सय ८७ नाफा गरेकोमा यस बर्ष ४३९ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको हो । 

संस्थाको कोषमा हाल ४३ लाख १० हजार ५५ रहेको छ भने प्रति सेयर आम्दानी  १२.५१ रहेको छ । वित्तीय संस्थाले  ७ हजार ४ सय ६८ जना सदस्यलाई १ अर्व ६० करोड ५ लाख १९ हजार रुपैया कर्जा प्रवाह गरी  १ अर्व ८ करोड ७५ लाख १८ हजार कर्जा असुली भई हाल  ५१ करोड ३० लाख १ हजार रुपैया लगानीमा रहेको छ । 

संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी  १३ हजार २ सय ४ ग्राहक सदस्यबाट  पौष मसान्त सम्म १५ करोड ४८ लाख ८८ हजार रुपैया बचत संकलन गरेको छ ।

संस्थाले सर्वसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्काशन गर्नेका लागी  धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी प्रक्रिया अगाडी वढीसकेको संस्थाले जनाएको छ । 

संस्थाले १० जिल्ला कार्यक्षेत्रबाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ । संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पूँजी ९ करोड ८० लाख रहेको छ । 

Ad