Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सबैको लघुवित्तको उत्साहप्रद प्रगतीे, खुद नाफा १ करोडमाथि 

२०७५ माघ १० गते

बैंकिङ खबर । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड २० लाख ५५ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अबधीमा  ५२ लाख ५५ हजार खुद नोक्सान ब्यहोरेको  थियो । 

संस्थाको सबल नेतृत्वले स्थापना भएको छोटो समयमै उत्साहप्रद प्रगती हासिल गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए । 

संस्थाले चालु आर्थिक बर्षकोे दोश्रो त्रैमाससम्म २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१ हजार ६ सय १० जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । 

संस्थाको कुल उठाउन बाँकी कर्जा  १ अर्ब १४ करोड ४७ लाख ३६ हजार र सदस्यहरुको बचत रकम २६ करोड ६९ लाख ५९ हजार रहेको संस्थाले जनाएको छ ।  
 

Ad