बैंकिङ खबर । चौतारी लघुवित्तवित्तीय संस्थाले समुह सदस्यहरुका लागि वित्तीय साक्षरता तथा उद्यमशिलता सम्बन्धि २ दिने आवासीय तालिम दिएको छ । ४० वटा शाखा कार्यालयका ८० जना समूह सदस्यहरुलाई एकै ठाउँ भेलागरि तालिम आयोजना गरेको हो । उक्त तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेको सभापतित्वमा भएको थियो ।
तालिम प्रशिक्षकहरुमा अर्वेन्द्र गिरी, बुटवलका प्रशिक्षक हेमलाल वस्याल, बरिष्ठ ईन्जिनियर लेखनाथ पाण्डे, वित्तीय संस्थाका अनुगमन अधिकृत कृष्णबहादुर चौधरी रहेका थिए ।
तालिममा सदस्यहरुले वित्तीय साक्षरता, जोखिम व्यस्थापन, सिप विकास, व्यवसायिकता, उद्यमशिलता, बैकल्पिक क्षेत्रमा सुरक्षित लगानी तथा भिजन लुम्बिनीले सेति नदीमा बनाउन लागेको हाईड्रोपावर र त्यसमा सामूहिक सहभागीता, समूह केन्द्रका काम कर्तव्य र अधिकारका विषयमा जानकारी लिएका थिए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कार्यकारी निर्देशक अशोक कुमार पौडेलले सहभागीहरुले तालिममा सिकेका कुराहरुबाट आँफु प्रभावित भएको र व्यवसायिकता उद्यमशिलता, वित्तीय जानकारीहरु प्राप्त गर्न महिला समुदायहरु सफल भईरहेकोले नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था मार्फत ल्याएका कार्यक्रमहरु साँच्चै नै तल्लो तह सम्मपुगेको छ । साथै, लक्षितवर्गलाई नाफामुखि मात्र नभई सामाजिक सेवा पनि पुर्याएकोले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा उपस्थित हुनुहुने सहभागी तथा आयोजक वित्तीय संस्थालाई धन्यबाद व्यक्त गरे ।
समारोहमा संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले यस वित्तीय संस्था नाफामुखि मात्र नभई समाजिक सेवामा पनि लाग्ने र सदस्यहरुको हरेक सुख दुःखमा साथ दिने र सदस्यहरुको अर्थिक सवलिकरणका लागि सदैव लाग्ने कुराको जानकारी दिए ।
संस्थाका संचालक पुष्पराज ढकाल, संस्थापकतथाजनता बैंक भलवारी शाखाका प्रबन्धक विष्णु कुँवर, कृषि विकास बैंक, क्षेत्रिय तालिम केन्द्र मंगलापुरका प्रमुख राजेश कुमार श्रीवास्तवले मन्तव्य राखेका थिए ।
हाल संस्थाले १५ जिल्लामा ५७ वटा शाखा कार्यालय मार्फत ३५ हजार समूह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ । य