बैंकिङ खबर। मिथिला लघुवित्त वित्तीय संस्थाले माघ १७ देखि २२ गते सम्म दुई बराबर एकको दरमा हकप्रद विक्री गर्ने भएको छ । लघुवित्तको हालको चुक्ता पूँजी ६ करोड ५९ लाख ७७ हजार ९ सय ३८ रुपैयाँ छ ।
लघुवित्तले एक सय अंकित दरका ३ लाख २९ हजार ८ सय ८९ कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो । लघुवित्तले माघ १ गते सम्म कायम सेयरधनीले मत्र हकप्रदमा आवेदन दिन सक्ने जनाएको छ । मिथिलाको सेयर निष्काशन तथा विक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।