विश्व आर्थिक वृद्धिदरमा गिरावट आउने खतरा बढेको मुद्राकोषको प्रक्षेपण

बैंकिङ खबर। अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिका–चीन व्यापार द्धन्द र यूरोपेली संघ (इयू)बाट बेलायतको बहिगर्मनले विश्व आर्थिक वृद्धिदरमा गिरावट आउने खतरा बढेको प्रक्षेपण गरेको छ । मुद्रा कोषले गत वर्षको अक्टोबरमा सार्वजनिक गरेको तथ्याङ्कमा पनि विश्वव्यापी आर्थिक वृद्धि घटदै गएको तथ्याङ्क सार्वजनिक गरेको थियो । 

मुद्रा कोषको तथ्याङ्क अनुसार विश्वव्यापी आर्थिक वृद्धिदरमा अपेक्षा गरिएभन्दा बढि खराब अवस्था आउनसक्ने देखिएको छ । मुद्रा कोषले सन् २०१९ को विश्वको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलव ७ प्रतिशत बृद्धि हुने जनाइएको थियो । तर सोमबार अध्यावधिक गरेको प्रक्षेपणमा कुल ग्राहस्थ उत्पादन ३ दशमलव ५ प्रतिशतले मात्र वृद्धिहुने जनाएको छ । 

एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवाद, फ्रान्समा पहेलो पहिरनधारीको लामो हडताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको इयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योलता इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रबासी समस्याहरूका कारण आर्थिक वृद्धिदरमा ह्रास आउने देखिएको मुद्रा कोषको प्रक्षेपण गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *