January 21st, 2019

लक्ष्मी लघुवित्तको प्रतिसेयर आम्दानी ४० रुपैयाँ माथि

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्ष २०७५/७६को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत बर्षको छ महिनामा भन्दा ८.८७ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा ४ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कर्जा तथा निक्षेप

२४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले गत वर्षको दोस्रो त्रैमासको तुलनामा ३७.९३ प्रतिशतले निक्षेप बृद्धि गरी एक अर्व ९ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ भने २८.६८ प्रतिशतले कर्जा लगानीमा बृद्धि गरी ३ अर्ब १२ करोड ८० लाख लगानी गरेको छ । त्यस्तै जगेडाकोषमा १८ करोड ४३ लाख रुपैयाँ जम्मा गरेको छ ।

खुद व्याज आम्दानी

संस्थाले खुद व्याज आम्दानी १३ करोड ६६ लाख रुपैयाँ गरेको छ । जुन गत बर्षको सोही अवधिको भन्दा १६.२३ प्रतिशतले बढाएको हो । गत बर्षको यसै अवधिमा ११ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु

निष्कृय कर्जा १.२१ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३.२२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक ४० रुपैयाँ १० पैसा, मुल्य आम्दानीको अनुपात २०.४० गुणा, प्रतिसेयर नेटवर्थ १ सय ७६ रुपैयाँ १६ पैसा र तरलता अनुपात ७.८१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]