Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको नाफा बढ्यो

२०७५ माघ ४ गते

बैंकिङ खबर ।  चौतारी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५ लाख खुद नाफा आर्जन गरेको छ । गत मंसिरमा ६ लाख कित्ता आईपिओ निष्काशज गरेको लघुवित्तको गत आर्थिक बर्षको सोही अवधिकोभन्दा २१० प्रतिशतले नाफा बढि हो । गत आर्थिक बर्ष ३३ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरको थियो । 

खुद ब्याज आम्दानी वृद्धि भएसँगै खुद नाफामा पनि बृृद्धि देखिएको हो । गत वर्षको यसै अवधिमा २ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा ३ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तले निष्क्रिय कर्जा अनुपात १.०२ प्रतिशत बाट ०.६८ प्रतिशतमा झरेको छ  । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६८ पैसा रहेको छ । 
 

Ad