Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति माइक्रोफाइनान्सको साधारणसभा माघ २६ गते

२०७५ माघ ४ गते

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्सको वार्षिक साधारणसभा माघ २६ गते हुने भएको छ ।  गत आर्थिक बर्षको नाफाबाट सेयरधनीले चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद सेयर र ४०.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । संस्थाले माघ १५ गते बुक क्लोज गर्दै छ । 

गत आर्थिक बर्षको नाफाबाट बोनस अघि कायम चुक्ता पूँजीको ४०.५ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजारको २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको हो ।

यसैगरि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ती गर्न उपयुक्त देखिएमा प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।
 

Ad