फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो

बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ६३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको छ महिना भन्दा १८.०७ प्रतिशतले बढी हो । गत ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १५ करोड ३० लाख रुपैयाँ जम्मा गरेको छ ।  कर्जा तर्फ पनि २५.९७ प्रतिशतले बृद्धि गरी ४ अर्ब ६८ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । फर्स्ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानीमा १३.२८ प्रतिशतले बढेर ९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

माइक्रोफाइनान्सले सञ्चालन मुनाफामा १८.९१ प्रतिशतले वृद्धि गरी ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । फर्स्ट माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा, मुल्य आम्दानीको अनुपात २२.८५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ ।