Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७५ पुष २९ गते

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । संस्थाको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

संस्थाले राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । त्यसका लागि शाखा विस्तार, व्यवसयिक कारोबारमा वृद्धि गर्न र सोही अनुपातमा लगानीको लागि आवश्यक पर्ने पूँजी जुटाउन हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने लागेको हो । 

Ad