May 28th, 2016

सरकारले नै गर्यो कर छुटको व्यवस्था

discount_offer-512सरकारले कर छुटको दायरा केही बढाएको छ । यसअघि प्रतिव्यक्ती वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने व्यक्तीलाई आय कर छुटको व्यवस्था थियो । तर अर्थमन्त्रि विष्णु पौडेलद्धारा शनिबार प्रस्तुत बजेट भाषणमार्फत साविकको दायरामा केही बृद्धि गरिएको जनाइएको हो । अब वार्षिक तीन लाख रुपैयाँ कमाउने व्यक्तीले आय कर तिर्नु नपर्ने भएको छ । 

त्यस्तै यसअघि दम्पतीले वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरेमा त्यसमा आय कर छुटको व्यवस्था गरेको थियो । अब त्यो दायरा पनि बढाएर चार लाख रुपैयाँ र्पुयाएको छ । वर्षको चार लाख रुपैयाँ आम्दानी गर्ने कुनैपनि विवाहित व्यक्तिले आयकर तिर्नु पर्ने छैन ।  

अब तीन लाख रुपैयाँ आम्दानी गर्ने अविवाहित व्यक्ती र वर्षको चार लाख रुपैयाँ आम्दानी गर्ने कुनैपनि विवाहित व्यक्तिले मात्र १ प्रतिशत कर तिरे पुग्ने छ । सरकारले तोकेको यो सिलिङको भन्दा धेरै आम्दानी गर्नेले भने १५ देखि ३५ प्रतिशतसम्म आयकर तिर्नु पर्ने छ ।
त्यस्तै सरकारले अर्थतन्त्रको लागत नबढ्ने गरी मदिरा, वियर र चुरोट लगायतका वस्तुहरुको आन्तरिक उत्पादन र आयातमा लाग्ने कर भने बढाएको छ ।