बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १०ः७ को अनुपातमा हकप्रद सेयर वितरण गर्ने भएको छ । संस्थाको चौथो वार्षिक साधारण सभाले ६० करोड चुक्ता पुँजीको ७० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्नुको साथै, आर्थिक बर्ष २०७५/०७६ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ । यसैगरी संस्थाको पूँजी वृद्धि गर्नका लागि चुक्ता पूँजी छ करोडमा १०ः७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतीले पारित हो । त्यसैगरी,सर्वसाधारण सेयरधनीकोे तर्फबाट २ जना लाई सर्वसम्मत रुपमा सञ्चालक पदमा नियुक्ति गरेको छ ।
खा कार्यालयहरु मार्फत करिब १३ हजार चार सय ६२ विपन्न तथा न्यून आय भएका घर परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ । जसमध्ये सात हजार आठ सय ३० सदस्यले कर्जा लिई बिभिन्न आयमुलक कार्यमा सहभागी भइ ऋणी सदस्य ५८.१६ प्रतिशत रहेको छ । लगानीमा रहीरहेको कर्जा रकम तर्फ करिब ३९ करोड ४३ लाख ८० हजार रहेको छ भने बाँकी बचत तथा कोष तर्फ करिब १२ करोड ६१ लाख ४१ हजार पुगी बचत तथा कर्जा अनुपात ३१.९८ प्रतिशत रहेको छ ।