बैंकिङ खबर । असक्त सडक बालबालिका तथा असाहय ब्यक्तिहरुलाई सहारा दिँदै आएको “असहायका लागि सहयोगी हातहरु नेपाल”लाई मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सहारा भवन हस्तान्तरण गरेको छ ।
सहारा घर रहेको स्थानमा एक औपचारीक कार्यक्रमका बिच नेपाली सेनाका सुदूर पश्चिम पृतनापति उपरथी झंकर बहादुर कडायत र लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले संयुक्त रुपमा सहारा भवन हस्तान्तरण गरेका हुन् ।
कडायतले ब्यक्तिगत तर्फबाट पनि १० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, प्रभु बैंकको बौनिया शाखाका प्रवन्धक गौरव शर्माले पाँच हजार पाँच रुपैयाँ सहारा घरका संचालक बिष्टलाई हस्तान्तरण गरेका छन् ।
सहारा घरले हाल सडक जिवनयापन गरिरहेका ५० जना असहाय र अनाथहरुलाई आश्रय दिइरहेको छ ।