Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

तिनकोरीया र भगवानपुरमा नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा विस्तार

२०७५ पुष १५ गते

बैंकिङ खबर ।  नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले  धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा न.६ तिनकोरीया बजारमा पुस १२ गते र सिराहा जिल्लाको भगवानपुर गाउं पालिका १ भगवानपुर बजारमा पुस १३ गते आफ्नो  नयाँ शाखा बिस्तार गरेको छ ।

तिनकोरीया स्थीत नयाँ शाखाको उद्घाटन विदेह नगरपालिकाका मेयर बेचन दास तथा नेशनल माइक्रोफाइनान्सका संचालक समितीको अध्यक्ष  केशव प्रसाद अर्चायले सयुक्त रुपमा गरे । 
  
उक्त तिनकोरीया स्थीत नयाँ शाखा उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा विदेह नगरपालिकाको उपमेयर निलम देवी मंडल र संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री रामबहादुर यादव साथै अतिथीको रुपमा केन्द्रिय कार्यालयको संचालन विभाग प्रमुख सिताराम पंडित वडाध्याक्षहरु, समाजसेवी, राजनितीक प्रतिनिधी अभिभावक, ग्राहक सदस्यतथा सुरक्षा प्रतिनिधीहरु गरि करीब २५० जनाको सहभागीता रहेको थियो ।

त्यसैगरी, सिराहाको भगवानपुर गाउँपालिका १ भगवानपुर बजार नयाँ शाखाको उद्घाटन प्रदेश न.२ का अर्थ मन्त्री  बिजय कुमार यादव, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाका संचालक समितीको अध्यक्ष  केशव प्रसाद अर्चाय, पुर्व मन्त्री राजलाल यादव र भगवानपुर गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले संयुक्त रुपमा गरे । 

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा भगवानपुर गाउँपालिकाको उपाध्यक्ष मतिसिता देवी यादव र संस्थाको प्रमुखकार्यकारी अधिकृत  रामबहादुर यादव साथै अतिथीको रुपमा केन्द्रिय कार्यालयको संचालन विभाग प्रमुख सिताराम पंडित वडाध्याक्षहरु, समाजसेवी, राजनितीक प्रतिनिधी अभिभावक, ग्राहक सदस्य तथा सुरक्षा प्रतिनिधीहरु गरि करीब ४५० जनाको सहभागीता रहेको थियो । 

हाल संस्थाले ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ६६ हजार भन्दा वढी विपन्न परिवारमा पुर्याएको छ ।  हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ६३ करोड र बचत रु. ८४ करोड भन्दा वढी सदस्यहरुवाट संकलनगर्न सफलभएको छ ।

 

Ad