बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको वर्तमान प्रमख कार्यकारी अधिकृत किरण कुँवरको ४ वर्षे कार्य अवधि समाप्त भए पश्चात पुनः दुई वर्षका लागि नियुक्त भएका छन् ।
सञ्चालक समितिको पुस ११ गते वसेको ८९ औं वैठकको निर्णय वमोजिम बैक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३, र संस्थाको प्रवन्धपत्र तथा नियमावलीको अधिनमा रहि पुन २ वर्षको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पुन नियूक्ती भएको छ ।
हाल संस्थाको ४५ जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थाले नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३, र कम्पनी ऐन २०६३ तथा अन्य प्रचलित कानूनको अधिनमा रही वित्तीय कारोबार गदै आइरहेको छ ।
हाल संस्थाले ६३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रमहरु सञ्चालनमा गर्दै आइरहेको छ । । मंसिर मसान्त सम्म संस्थामा १९३ जना कर्मचारीहरु कार्यरत रहेका छन भने संस्थाले ५८,४९४ जना सदस्यवाट रु. ५२ करोड १३ लाख वचत संकलन गरि ३४,६२८ जना उद्यमी सदस्यहरुलाई १ अर्व ९५ करोड ६५ लाख रुपैया कर्जा लगानी गरेको छ । साथै, चालु आर्थिक वर्षबाट संस्थालाई राष्टियस्तर कार्यक्षेत्र वनाउने प्रस्ताव वार्षिक साधारण सभावाट पारित भैसकेको जानकारी छ ।