बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले पौष १२ गते एकै दिन चार वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त नयाँ शाखा कार्यालयहरु महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहरमनिया गाउँपालिका, सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकामा स्थापना गरेको छ ।
स्थानीय जनप्रतिनिधिहरुको सहभागीतामा उक्त शाखाहरुको उद्घाटन गरिएको छ । उक्त नयाँ शाखाहरुकोे उद्घाटन क्रमशः एकडारा गाउँपालिका प्रमुख राम छविलाल साह, मुखियापट्टी मुसहरमनिया गाउँपालिकाका उपाध्यक्ष मतिमीरा देवी महतो,रुपनी गाउँपालिकाका उपाध्यक्ष मति सरिता यादव तथा सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्ष केदारनाथ यादवले गरे ।
उद्घाटनका अवसरमा स्थानीय संघ संस्था, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै, प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद दुलालले विपन्नवर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने विभिन्न लघुवित्त कार्यmमहरु संचालन गरी उनीहरुको पहुँच अभिवृद्धिका क्रममा शाखाहरु स्थापना गरेको तथा संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने कुरा बताए ।
हाल संस्थाले ३७ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म रु. १ अर्ब ४५ करोड भन्दा बढी कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३३ करोड निक्षेप संकलन रहेको छ । हाल संस्थाले ४५ वटा शाखा कार्यलयहरु विस्तार गरेको छ । लघुवित्त सेवा २८ वटा जिल्लाहरुमा विस्तार भएको छ ।