बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे “आर्थिक सेवा बिकास सम्मान–२०७५” द्धारा सम्मानित भएका छन् । नागरिक एकता समाजले राष्ट्रीय नाचघरमा आयोजना गरेको उक्त सम्मान समारोहमा उनलाई सम्मान गरिएको हो । उक्त सम्मान पूर्व उपराष्ट्रपति परमानन्द झा तथा पूर्व उपप्रधानमन्त्री सि पि मैनालीद्धारा प्रदान गरिएको थियो ।
चौतारी लघुबित्तले हाल ५५ वटा शाखामार्फत ३५००० हजार ग्राहक सद्स्यलाई सेवा दिँदै आएको छ । हालै आइपिओ जारी गरि चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ पुर्याएको छ ।