बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा पौष ०४ गतेदेखि ०६ गतेसम्म मोरंग जिल्लाको टंकीसिनुवारीमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा डा. कमल गिरी, तुलसी तिम्सीना, शाखा प्रमुख बीर बहादुर लामा तामाङ र क्षेत्रीय प्रमुख लक्ष्मीपती काफ्ले रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको र संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख लक्ष्मीपती काफ्लेले बताए । साथै, कुखुरापालन गरी रहेका तथा कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रिय प्रबन्धक काफ्लेले जानकारी दिए ।
उक्त तालिममा प्रशिक्षर्थिहरुले कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरिय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाईटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपाय आदिका बारेमा जानकारी हासिल गरेको टंकीसिनुवारी शाखाका प्रमुख बीर बहादुर लामा तामाङले बताएका थिए ।
हाल संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।