बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाल लिमिटेडले पौष ६ गते आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष लालमणी जोशीको अध्यक्षतामा संचालन भएको उक्त सभामा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको बाक्लो उपस्थिती रहेको थियो
वार्षिक साधारण सभामा सर्वसाधारणको तर्फबाट संचालकमा सुवर्ण पौडेल निर्वाचित भएका छन् । उक्त घोषण निर्वाचन अधिकृत पुनम कुमार गुप्ताले गरे ।
संचालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभाका अध्यक्षले समिक्षा वर्षमा ४२ वटा जिल्लामा ६६ शाखा कार्यालयहरु मार्फत ६१ हजार सात सय ७३ सदस्य, ६२ करोड ९६ लाख ५१ हजार तीन सय एक बचत, कर्जा असुली गर्न बाँकी रकम २ अर्ब १८ करोड ६ लाख दुई हजार आठ सय ६७ र खुद नाफा तीन करोड ७५ लाख ५१ हजार एक सय ६२ रहेकोे जानकारी दिए । साथै,सभामा एक बराबर एक (१ः१) को अनुपातमा हकप्रद शेयर वितरण गर्ने योजना मुताविक एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकी हकप्रद शेयरको निस्काशन भै बाँडफाँटको अन्तिम चरणमा रहेको र सो पश्चात् चुक्तापूँजी २३ करोड पुग्ने छ ।
उक्त सभामा स्वागत मन्तव्य तथा शेयरधनीले राखेको जिज्ञाशाको जवाफ दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा ४५ वटा जिल्लामा ७३ शाखा कार्यालयहरु स्थापना भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सस्थाले उल्लेख्य प्रगति गरेको हाल लघुवित्तमा देखिएका चुनौतिहरुको नजिकबाट सुष्म ढंगले अध्ययन गरि रहेको बताए । साथै, सामाजिक जनचेतनामुलक कार्यक्रम, वित्तीय साक्षरता, ग्राहक वर्गलाई सिपमुलक तालिमको ब्यवस्था गरिने तथा स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधी र तहसगँ आवश्यक समन्वय गरि हाल देखिएका विविध चुनौतिलाई समयमै पहिचान गरी कुशल ढंगले समाधान गरिने हँुदा ढुक्क रहन लगानीकर्तालाई आग्रह समेत गरे ।