December 20th, 2018

एसएलसी उतीर्णलाई लघुवित्तमा जागीर, स्वाबलम्बनले माग्यो ३० कर्मचारी

बैंकिङ खबर । स्वाबलम्बन लघुवित्तले एसएलसी वा एसईई उतीर्ण गरेकालाई जागीर दिने भएको छ । लघुवित्तले सहायक प्रशिक्षार्थी पदमा ३० जना कर्मचारी मागेको छ । आधारभूत कम्प्युटर संचालन प्रमाणपत्र भएका एसएलसी वा एसईई उतीर्ण र १८ देखि ३५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद १ जनवरीसम्म रहेको छ ।