Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा फिल्ड कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न

२०७५ पुष ३ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा काम गर्ने कर्मचारीलाई तालिम दिएको छ । कर्मचारीहरुलाई काम गर्न सजिलो होस र उनिहरुको क्षमतामा समेत बृद्धि गर्ने उदेश्यले उक्त तालिम सम्पन्न गरेको हो ।

कार्यक्रमकोे उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाँईले फिल्ड कर्मचारी भनेको संस्थाको पिलर भएकाले लगनशिल भई उच्च मनोबल साथ कार्य गर्न उत्प्रेरित गरेका थिए

संस्थाले उक्त तालिम चित्तवनमा मंसिर २५ र २६ गते ३४ जना कर्मचारीहरुलाई र ईटहरमिा मंसिर २८ र २९ गते ३६  कर्मचारीहरुलाई गरी जम्मा ७० जना कर्मचारीहरुलाई केन्द्र ब्यबस्थापन, गुणस्तरीय कर्जा लगानी,  कर्जाको भाखा नाघ्न नदिन अपनाउनु पर्ने रणनीतिहरु, संस्थाका नीति नियमहरु, बचतको महत्व र तनाव ब्यबस्थापन जस्ता बिषयमा दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिने कार्य सम्पन्न गरेको छ । 

त्यसै गरी तालिमको क्रम्मा संस्थाको नायब कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सहभागीहरुलाई सकरात्मक सोच र इच्छा शक्ति भए जस्तो सुकै पनि कार्य गर्न सकिने भन्दै सहभागीहरुलाई सकरात्मक उर्जा थप गरेका थिए ।

तालिमका सहभागीहरुले यस्तै विभिन्न खालका कार्यक्रम बाट काम गर्ने वातावरण र ज्ञान प्राप्त भएकोले आगामी दिनमा संस्थाले कर्मचारीबाट अपेक्षा गरे बमोजिम उच्च मनोबलले काम गर्ने दृढता ब्यक्त गरेका थिए ।

Ad