बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थामा सदस्यहरुलाई विभिन्न सिपमुलक तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । आफ्नो संस्थमा आवद्ध बैकिङ समुहका सदस्यहरुको सीप विकास गरी उनीहरुलाई आत्मनिर्भर तथा उद्ममशीलता सिर्जना गर्ने उदेश्यका साथ यु.के. एड, सक्षम एक्सेस टु फाईनान्सको सहकार्यमा शाखा कार्यालय फर्साटिकर रुपन्देहीमा आवद्ध ३४ जना समुह सदस्यहरुलाई ३ दिने ब्याबसायिक च्याउ खेती तालिम सम्पन्न गरेको हो । उक्त तीन दिने तालिम सन्तोष घिमिरे द्धारा प्रशिक्षण गरिएको थियो ।
त्यसैगरी, शाखा कार्यालयहरु दुर्गौली, रैकवारबिचुवामा पनि मंसिर २६ गते देखि २७ गते सम्म बैंकिङ समुदायका क्रमश ८० र ८५ जना सदस्यहरुलाई २ दिने ब्याबसायिक तरकारी तथा च्याउ खेती तालिम सम्पन्न गरिएको थियो । उक्त दुई दिने तालिममा प्रशिक्षक चक्र भाट तथा भक्त बहादुर चौधरीले गरेका थिए ।
साथै, शाखा कार्यालय रुद्रपुर रुपन्देहीमा मंसिर गते देखी २९ गते सम्म बैंकिङ्ग समुदायका २४ जना सदस्यहरुलाई ३ दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको थियो । उक्त तालिम प्रशिक्षकमा संस्थाकै सदस्य शुष्मा पोख्रेलले प्रक्षिण गरेकी थिईन् ।
संस्थाले मंसिर २७ गते शाखा कार्यालय बडैयाताल बर्दियामा आवद्ध समुह सदस्यहरुलाई वित्तीय कारोबारमा अझै बढि सजग र जागरुक बनाई उनिहरुको वित्तीय कारोबार गर्ने क्षमता तथा ज्ञानमा बृद्धी गर्ने उदेश्यका साथ ४६ जना समुह सदस्यहरुलाई वित्तीय साक्षरता विषयमा १ दिने तालिम सम्पन्न गरेको थियो ।
त्यसैगरी RMDC लघुवित्त वित्तीय संस्था लिमिटेडको सहकार्यमा मिति मंसिर २८ र २९ गते संस्थाका शाखा कार्यालयहरु कोहलपुर तथा बागेश्वरी, बाँकेमा क्रमश ५६ र ४५ जना समुह सदस्यहरुलाई वित्तीय साक्षरता तथा अन्र्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको थियो । जसमा केन्द्रिय कार्यालयका अधिकृत भरत कुमार रसालीले सहजीकरण गरेका थिए ।
शाखा कार्यालय रुद्रपुर तथा फर्साटिकर रुपन्देहीमा सम्पन्न भएको क्रमश. डल तथा कुसन बनाउने तथा ब्याबसायिक च्याउ खेती तालिम कार्यक्रममा बोल्दै संस्था संचालक समितीका अध्यक्ष बावुराम विश्वकर्माले अबको अभियान भनेको बैंकिङ्ग कारोबारकासाथै एक घर एक उद्ममी सृर्जना गर्ने हो । त्यसैले तालिमलाई तालिम मै मात्र सिमित नराखी यसलाई व्यवहारिक रुपमा पनि प्रयोग गरि आर्थिक उन्नतीको बाटोमा अग्रसर हुन प्रेरित गर्दै भविश्यका लागी सफल ब्याबसायि बन्नका लागी सम्पूर्ण सदस्यहरुलाई आग्रह तथा शुभकामना व्यक्त गरे ।
उक्त विविध कार्यक्रममा बोल्दै संस्थाका ब. अधिकृत इन्द्र बरालीले जनउत्थान संस्थामा आवद्ध समुह सदस्यहरुलाई बचत र ऋण उपभोग गर्न मात्र नसिकाई उनीहरुको आर्थिक समृद्धिको लागि विभिन्न खालका सीपमूलक तालिमहरुको माध्यमबाट रोजगार, तथा उद्ममशीलता सृर्जना गर्ने कार्यमा संस्थाले सदैव योजनाबद्ध तरिकाले लाग्ने कुराको जानकारी दिए ।
तालिम समापनसँगै शाखा कार्यालय रुद्रपुर तथा फर्साटिकर रुपन्देही बाट तालिम प्राप्त सम्पूर्ण सहभागीहरुलाई संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले प्रमाण पत्र वितरण गरे ।
हाल संस्थाले तराईका ११ वटा जिल्ला र पहाडी ८ वटा जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३३ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ भने करिब २९,२०० जना आर्थिक रुपले विपन्न तथा वित्तीय पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध गरेको छ ।