बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १० बराबर ७ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम जारी तथा चुक्ता पुँजी छ करोड रुपैयाँको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । आरम्भले यो प्रस्ताव चौथो वार्षिक साधारणसभाले लग्दैछ ।