Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तको तीन नयाँ शाखा विस्तार 

२०७५ पुष १ गते

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा संजाल क्रमिक रुपमा विस्तार गर्दै आएको छ ।  संस्थाले मंसिर २७ गते महोत्तरीको सोनमागा.पा. को सोनमा र २८ गते धनुषाको सहिदनगर न.पा. को धवौली र धनौजीगा.पा. को बहुअर्वामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

सोनमा शाखाको उद्घाटन सोनमागा.पा.का अध्यक्ष राजकुमार यादव र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा गरे भने धवौली शाखाको उदघाटन सहिदनगर न.पा. वडा नंं. ७ को वडा अध्यक्ष मनोज मंडल र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा गरे र बहुअर्वा शाखाको उद्घाटन धनौजीगा.पा. वडा नंं. ५ का वडा अध्यक्ष पंकज मंडल र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा उद्घाटन गरे । 

हाल संस्थाका २६ वटा शाखा संचालनमा रहेका छन भने १७ हजार ग्राहक सदस्यलाई करिब रु.१७ करोड रुकम लगानी गरि रु.१८ करोड बचत संकलन गरेको छ । 


 

Ad