Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको आईपिओ ५६ हजार ७० आवेदकले पाए

२०७५ मंसिर २८ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ ५६ हजार ७० जनाले १० कित्ता शेयर प्राप्त गरेका छन्। ४७५ आबेदन रद्ध भएको छ ।

संस्थाले गत १० गतेदेखि २३ गतेसम्म सर्वसाधारणको लागि ५ करोड ६० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेकोमा आइपिओमा २ लाख ७३ हजार जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका थिए। 

संस्थाले जम्मा ६ करोड रुपैयाँको शेयर निष्काशन गरेकोमा ९३ लाख रुपैयाँ कर्मचारीहरुको लागि, म्युचुअल फण्डहरुको लागि ३० लाख रुपैयाँको प्राथमकि शेयर निष्काशन गरेको थियो। 

प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक शेयरधनीतर्फ ६७.७४ प्रतिशत अर्थात १२ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.२६ प्रतिशत अर्थात ६ करोड रुपैयाँसहित १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ। 

Ad