December 7th, 2018

धादिङ्गको चौकीटारमा निर्धन उत्थान लघुवित्तको ब्यवसायिक तरकारी खेती तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३०.जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर १६ गतेदेखि १८ गतेसम्म धादिङ्ग जिल्लाको बेनिटार रोराङ्ग गाउँपालिका चौकिटारमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा कृषि प्राविधिक छवि लाल गुुरुङ्ग कृषि प्राविधिक अस्मिता बराल, कार्यक्रम अधिकृत परमेश्वर चौधरी रहेका थिए ।

बार्यक्रममा बोल्दै, भरतपुर क्षेत्रीय कार्यालयका अधिकृत परमेश्वर चौधरीले संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको र संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको कुरा बताए ।  

तालिममा प्रशिक्षर्थिहरुले तरकारी ब्यवसायको परिचय, स्थानीय, उन्नत तरकारीमा भिन्नता, तरकारीको महत्व, आवश्यकता र वर्तमान स्थिति, तरकारी खेती गर्ने तरिका , हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, नर्सरीको महत्व एवम् प्रयोग गरिने वस्तुहरु, संरक्षण, विकास, बजार ब्यवस्थापन, तरकारीबाट हुने आम्दनीको स्किम, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, तालिममा सहभागीहरुले जानकारी हासिल गरेको मुग्लिङ्ग शाखाका प्रमुख हमाल ठकुरीले बताए ।