December 7th, 2018

मिथिला लघुवित्तले १०.४५ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वकिृत भई लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।