December 6th, 2018

एक महिलाको गिरफ्तारीले अन्तर्राष्ट्रिय सेयर बजारमा हलचल

बैंकिङ खबर । चिनको सबैभन्दा ठूलो टेलिकम कम्पनी हुवाइ टेक्नोलोजिजकी सिएफओ मेङ वानझाउको गिरफ्तारीले अन्तर्राष्ट्रिय सेयर बजारमा ठूलो हलचल ल्याएको छ । यूरोप र एसिया प्रशान्त क्षेत्रका सेयर बजारहरु उच्च दरमा घटेका छन् । जापान, चिन र दक्षिण कोरियाका शेयर बजार साढे २ प्रतिशतले घटेका छन्भने छिमेकी मुलुक भारतको सेयर बजारमा पनि गिरावट आएको छ । 

गत अप्रिलमा इरान बिरुद्ध लगाइएको प्रतिबन्ध उल्लंघन गरी हुवावेले उपकरण बेचबिखन गरेको आरोप लगाउँदै अमेरिकाको कानुन मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको बताएको थियो । उनलाई गत शनिवार ब्रिटिस कोलम्बियाको भ्यानकुभरमा पक्राउ गरिएको हो । यो गिरफ्तारीले चिन र अमेरिकाबीच फेर ब्यापार युद्ध गहिरिने संकेत गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]