December 5th, 2018

चौतारी लघुवित्तको पाँच लाख ६० हजार कित्ता आईपिओ खुल्यो

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ निष्काशन बुधबारदेखि सुरु भएको छ । लघुवित्तले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरमा पाँच लाख ६० हजार सात सय कित्ता सेयर निष्काशन गरेको हो । सेयर निष्काशन छिटोमा छिटोमा मंसिर २३ र ढिलोमा पुस १९ गते बन्द हुने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । 

उक्त सेयरमा ५० कित्तादेखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । सबै सीआस्वा सदस्य वित्तीय संस्थाबाट यस सेयरका लगि आवेदन दिन पाइनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]