ईलाका कार्यालय लाहानका ईलाका प्रबन्धक विष्णु प्रसाद गुप्ता, सहायक प्रबन्धक प्रकाश न्यौपानेको प्रमुख अतिथ्यता र शाखा कार्यालय तारापट्टीका शाखा प्रबन्धक कैलाश कुमार सिंह तथा स्थानिय समाजसेवी, का माझ के.नं.०६८ समुह नं. १ का स्व. ईसैर देवी का श्रीमान् विपतिया दास तत्मालाई राहत रकम हस्तान्तरण गरेको हो ।
धनुषाधाम न.पा. ५, किसानपुर निवासी स्व. ईसैर देवीले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय तारापट्टी बाट लघुवित्त कर्जा अन्तर्गत सामुहिक जमानतमा रु. १ लाख बिना धितो कर्जा परीचालन गरेका थिए । उनको आकस्मिक मृत्यु पश्चात् परीचालन गरेको कर्जाको तिरीसकेको रकम ८३ हजार २१ रुपैया वित्तिय संस्थाले स्व. इसैर देवीका श्रीमान्लाई नगद प्रदान गरीएको हो । साथै, तिर्न बाँकि कर्जा रकम रु. १६,९७९ पनि सोही कार्यक्रम मार्फत संस्थाले मिनाहा गरेको छ ।