December 4th, 2018

निर्धन उत्थान बैंकद्धारा उद्यमशीलता विकास तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर ८ गतेदेखि १० गतेसम्म दाङ जिल्लाको घोराहीमा “उद्यमशीलता विकास तालिम”सम्पन्न गरेको छ  । उक्त तालिम घोराही शाखाका १९ जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको हो ।
तालिम प्रशिक्षकहरुमा संस्थाको क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृतद्धय जिताराम गौतम र प्रेम प्रसाद सुवेदी रहेका थिए ।

कार्यक्रमको अध्यक्षता घोराही शाखाका प्रमुख बिरेन्द्र प्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगर पालिका वार्ड नं. १ का वडाध्यक्ष राम मणि पाण्डेले समाजलाई आर्थिक रुपमा रुपान्तरित गर्ने कार्यमा निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमिटेडले टेवा पुर्योउदै आएको र यस किसिमको तालिमले ग्राहकहरुलाई उद्यमी बन्ने, ब्यवसाय गर्ने सोंचको विकास हुँदै जाने भएकाले संस्था र स्थानीय निकाय बीच हातेमालो गरी अगाडि बढ्न सकेमा समाजमा नयाँ उद्यमीहरुको विकास गर्न सकिने बताए ।

सहभागीहरुको तर्फबाट जिता भण्डारी र बिष्णु विष्टले तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको बताउँदै समाजमा सीप बिकास सम्बन्धी तालिमहरुको समेत आवश्यकता रहेको जनाए । 

उद्यमशीलता विकास तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताए । संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफ्नो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुसि व्यक्त गरे
कार्यक्रममा बोल्दै अधिकृत गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको कुरा समेत जानकारी दिए ।।