Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुराँस लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

२०७५ मंसिर १४ गते

बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनका लागि क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

हाल गुराँस लघुवित्तको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाखर चुक्ता पूँजी रु.५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाख हुनेछ । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३गते देखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११,००० विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आवद्ध गरी करिव रु.७ करोड बचत संकलन तथा करिव रु.४९ करोड कर्जा प्रवाह गरेको छ । 

Ad