२०७५ मंसिर १२ गते

कैलालीको मसुरियामा निर्धन उत्थान लघुवित्तको बाख्रापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा कैलाली. जिल्लाको मसूरीयामा.मा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु बिर बहादुर ठगुन्ना, भिम बहादुर राना, शंकर प्रसाद न्यौपाने, धर्म राज बश्याल रहेका थिए । तालिमको अन्त्यमा तालिमको मूल्यांकन गर्दै सहभागीहरु फुलकुमारी मल्ल र भिमा बि.क.ले ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा धेरै फाईदा लिन तालिमले सहयोग गर्ने बताए ।

संस्थाले आफना २८ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर २ गतेदेखि ४ गतेसम्म प्यूठान जिल्लाको बिजुवार स्थित कृषि सेवा कार्यालयको हलमा पनि “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको थियो । उक्त तालिममा प्रशिक्षकहरु पशु प्राबिधिकहरुको तर्फबाट पुष्कर राज आचार्य, गिरी राज पौडेल, शम्भु न्यौपाने र अर्जुन प्रसाद शर्मा रहेका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका मसुरीया शाखाका शाखा प्रमुख श्रधर्म राज बश्यालले जानकारी गराएका थिए ।