बैंकिङ खबर । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्रविधिक सहयोगमा मंसिर १० गते सर्लाहीको बबरगंज र १२ गते धनुषाको गोदारमा आँखा शिविर सञ्चालन भएको छ ।
वित्तीय संस्थाको शाखा कार्यालयको प्राङ्गनमा सञ्चालन भएको दुवै शिविरमा चार सयभन्दा बढी आँखा विरामीको आंँखा जाँच भएकोमा करिब ८० जनाको मोति बिन्दु देखिएकोले उनीहरुलाई शल्यक्रृयाको लागि जानकी आंँखा अस्पताल पठाईएको वित्तीय संस्थाका विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले जानकारी गराए ।
ग्रामिण क्षेत्रका बासिन्दालाई आर्थिक तथा सामाजिक सेवा पुर्याई उनिहरुको आय स्तरमा बृद्धि गर्न लघु वित्त कार्यक्रमका साथै समाजमा विभिन्न किसिमका स्वास्थ्य शिविर संचालन, सरसफाई कार्यक्रम, जनचेतना मुलक कार्यक्रम गर्ने वित्तीय संस्थाको योजना रहेको छ । यसै योजना अन्तर्गत पहिलो चरणमा दुई वटा शाखा रहेको स्थानमा आँखा शिविर गरिएको र आगामी दिनमा सबै शाखा कार्यालय रहेको स्थानमा सामाजिक कामहरु गरिदैं जाने विभागिय प्रमुख वास्तोलाले बताए ।