बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ओखलढुङ्गा, खोटाङ्ग, सोलुखुम्बु र सुर्खेत गरी चार जिल्लामा चार वटा शाखा कार्यालय स्थापना गरेको छ । यससँगै लघुवित्तको शाखा संख्या ५६ पुगेको छ । स्वीकृत कार्यक्षेत्र अन्तर्गतका जिल्लाहरुमा थप शाखाहरु विस्तार गर्दै जाने वित्तीय संस्थाको व्यवसायिक योजना रहेको संस्थाका कम्पनी सचिव तुलसीराम पाठकले बताए ।