बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर ६ गतेदेखि ८ गतेसम्म कैलाली जिल्लाको मसूरीयामा.मा “व्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । मसुरीया शाखाका प्रमुख धर्म राज बश्यालको प्रमुख अतिथ्यतामा सम्पन्न तालिममा बिर बहादुर ठगुन्ना, भिम बहादुर राना, शंकर प्रसाद न्यौपाने, धर्म राज बश्यालले प्रशिक्षण दिएका थिए ।
व्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा धेरै फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताए । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी संस्थाका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले जानकारी दिए ।
संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अर्ब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न सहयोग पुर्याउने मसुरीया शाखाका शाखा प्रमुख श्रधर्म राज बश्याल ले जानकारी दिए ।