November 27th, 2018

महुली सामुदायिक लघुवित्तको तीन लाख कित्ता हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । लघुवित्तले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । पुष १६ गतेसम्म निष्काशन हुने सेयरमा कात्तिक २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट आस्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयर मार्फत उक्त सेयरमा आवेदन दिन पाइनेछ । यसबाहेक, सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।  

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।