November 26th, 2018

निर्धन उत्थान लघुवित्तका २८ ग्राहक सदस्यले पाए उद्यमशीलता विकास तालिम

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दियास्थित बाँसगढी शाखाका २८ जना ग्राहक सदस्यहरुको सहभागितामा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ३ गतेसम्म संचालित तालिममा संस्थाको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत जिताराम गौतम र कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुवेदीले प्रशिक्षण दिएका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता विकास तालिम, ब्यवसाय विकास तालिम कार्यक्रम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।