बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । मंसिर ७ गते बसेको सञ्चालक समितिको ६६ औं बैठकको निर्णयानुसार चौथो वार्षिक साधारणसभाको मिति पौष ६ गते तय भएको छ ।
साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना संचालकको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिसनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव लगिँदैछ ।