बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले सुनसरी जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेर उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । मंसिर ७ गते आन्तरिक राजश्व कार्यलय धरान, सुनसरीको आयोजनामा आयोजित सातौँ राष्ट्रिय कर दिवसको सप्ताहाव्यापी समापन कार्यक्रममा उक्त सम्मान स्वदेशी लघुवित्तका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने लाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले प्रमाण पत्र सहित सम्मान प्रदान गरे ।
उक्त सम्मानपत्र आर्थिक वर्ष २०७४/०७५ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मानपत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षमा समेत सुनसरी जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरे वापत सम्मानित भईसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको स्वीकृत प्राप्त यस लघुवित्तले हाल सम्म ४६ वटा जिल्ला बाट ७३ स्थानहरुमा शाखा कार्यालयहरु बिस्तार गरि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।