Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

त्रिलोक लघुवित्तको प्रथम वार्षिक साधारणसभा सम्पन्न 

२०७५ मंसिर ६ गते

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसीर ५ गते बुधबार संस्थाको केन्द्रीय कार्यालय सुनवलमा सम्पन्न साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयरधनी समुहतर्फबाट नयाँ सञ्चालक चयन गरेको छ । नयाँ कार्यकालको लागि सञ्चालक पदमा लेखनाथ खनिया, शरद अधिकारी, शिव प्रसाद पासी र नीलम शर्मा सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन अधिकृत, संस्थापक अध्यक्ष एवं संस्थापक सदस्यहरुद्धारा संयुक्त रुपमा पुष्पमालासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, संस्थाले १ः१.०२५ को अनुपातमा हाल कायम रहेको चुक्ता तथा जारी पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पनि साधारणसभामार्फत पारित गरेको छ । 

संस्थाका अध्यक्ष लेखनाथ खनियाको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक सञ्चालक समितिकापदाधिकारी ज्यूहरुलाई सम्मान समेत गरिएको थियो । अध्यक्ष खनियाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमूख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव राजेन्द्र न्यौपानेले स्वागत मन्तव्य दिँदै कार्यक्रमको बैधानिकता प्रस्तुत गरे भने संस्थाका संस्थापक अध्यक्ष अर्जुन कुमार पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रमको संचालन संस्थाका बरिष्ठ अधिकृत दिनेश कुवँरले गरेका थिए । 

Ad